छोरी

२५ कार्तिक २०७९, शुक्रबार ०८:०६ २५ कार्तिक २०७९, शुक्रबार ०८:०६ २५ कार्तिक २०७९, शुक्रबार ०८:०६ #गजल, #गज़ल, #छोरी
little girl

‘छोरी’

चाहे ठुलै खुड्किलो होस् कहिल्यै न थाक्नु तिमी

केहि समस्यामा परे मलाई नै डाक्नु तिमी

हाॅस्न मलाई रोज्छ्यौ भने यो पनि याद राख्नु

यदि रूने कुरा आए मसँग न ढाक्नु तिमी

समाजमा पिशाचको संख्या पनि धेरै नै छ

समिक्षा गरि सबको, तिन्को चाल ताक्नु तिमी

षड्यन्त्रको भुमरिमा पर्नभन्दा पहिले नै

सुरक्षित भई आफू जेलमा तिन्लाई जाक्नु तिमी

हाम्रो सबै तिमी नै हौ तिम्रो सबै हामी मानी

नपाएमा हामीसॅग मात्र ईश भाक्नु तिमी

Leave a Reply