सुन्नुहोस् न,
आज म हजुरलाई एउटा कुरा confess गर्न चाहन्छु । यो कुरा मैले धेरै पहिलेदेखि भन्न चाहन्थेँ तर हिम्मत जुटिरहेको थिएन । यो कुरा व्यक्त गरेपछि हाम्रो सम्बन्ध पहिलेजस्तो नरहन सक्छ तरपनि सकारात्मक परिवर्तनको आशाका साथ यो कुरा व्यक्त गर्न गइरहेकी छु ।
कुरालाई घुमाउदिन ल । कुरा के भन्दा नि, मैले हजुरलाई chowminलाई गर्ने भन्दा बढी माया गर्छु । हजुर मेरो जीन्दगीको प्लेटमा ती लोभलाग्दा तान्द्रा जसरी यसरी आउनुभयो, आफ्नो चटनीरुपी ‘मायालु मन’ सँगै लिएर, मेरो मन त्यति नै बेला व्यग्र भए र हतारिए मायाको एक एक कण महसुस गर्न । तर ती परिस्थितिका ताता- ताता बाफले मलाई सतर्क पनि गराइरहेका थिए हतार गर्दा आफैलाई हानी हुन सक्छ भनेर र म प्रतिक्षारत रहेकी थिएँ ।
उपयुक्त समयको पर्खाइमा रहुन्जेल मैले के-के गरिन होला ? परिस्थिति रुपी बाफलाई आफु अनुकुल बनाउन समाजको आँखा छलेर आफ्नो सासमा व्यग्रता भरेर हजुरलाई जोरले फुकेँ । त्यतिले नभएपछि एक हातमा स्नेहरुपी चम्चा र अर्को हातमा विश्वासरुपी काटा समाई आँखा चिम्लेर हजुरको मनभित्र प्रवेश गर्ने जमर्को गरेँ । तर म कसम खान सक्छु, यी सब कुरामा केहि पनि बनावटीपन थिएन । मेरो अन्तर्हृदयबाट प्रकट भएका भावहरुले मलाई हजुरको मायामा चटनीमा म ः म डुबेसरी चुर्लुम्म डुबाइसकेका थिए ।
जसरी पुलाउको महत्व एक बिहेभोजमा हुने गर्दछ, त्यसरी नै हजुर मेरो जीवनमा एक महत्वपूर्ण अंग बनेर आइ मेरो जिन्दगीको शोभा बढाइदिनुभयो । मैले बरु त्यो गोलभेडाको पीरो चटनीबिनाको समोसाको कल्पना गर्न सकुँला तर हजुरबिनाको म, अहँ । हाम्रो सम्बन्ध त त्यो बिस्किट र चियाको जस्तो छ है, सँगै हुँदा धेरै राम्रो देखिने ।
मेरो जीवनमा र मनमा आँपले त्यति ठुलो स्थान पाएको थिएन होला जति हजुरले रिजर्भ गरेर बसिसक्नु भएको छ । म कति भाग्यमानी है, हर सिजनमा हजुरलाई जो पाउने छु ।
हजुरलाई थाहा छ ! हजुरको बोलि सुन्दा र हामी सँगै हुँदाको पललाई स्मृतिमा लिएर आउदा म गुलाब जामुनको मिठासलाई पनि नजरअन्दाज गर्ने गर्दछु । मलाई घमण्डरुपी चिनीरोग लाग्छ भनेर मिठासलाई कम नगर्नु हस् ?
एउटा गोप्य कुरा भन्छु है त । जति खुशी म आमाले आज गाभाको तरकारी पकाउनु भएछ भन्दा हुन्छु नि, त्यो भन्दा सयौँ गुणा बढी म हजुरको मुस्कान देख्दा वा हाँसो सुन्दा मात्र पनि हुने गर्दछु ।
पत्रलाई धेरै लम्बाउन चाहिन । म हजुरलाई घिरौलाजस्ती नमिठो लाग्छु वा तामाजस्ती स्वादिली, मलाई छिटै जवाफ दिनु ल !
म हजुरको जवाफको, अर्डर गरेर खाना पर्खिरहेको customer जसरी नै, निकै व्यग्रताका साथ प्रतिक्षामा रहनेछु ।
उहि हजुरकी,
………………
It’s appropriate time to make a few plans for the future and it’s time to be happy.
I’ve learn this submit and if I may I want to
counsel you some fascinating things or advice.
Perhaps you could write next articles referring to this article.
I want to read more issues approximately it!