sad bride

“छोरी हुनुको पीडा तव महसुस हुन्छ जव घरमा बिहेको कुरा चल्न थाल्छ |” 

“हो त, अर्काको घरमा जान पर्ने, नयाँ ठाउँ, नयाँ तरिकाको रहनसहनमा झ्याम्मिन पर्ने;
आफ्नो घरलाई माइति र अर्काको घरलाई घर भन्न पर्ने | हामी छोरीलाई कम्ति पीडा छ ! “

—————————————————————————————
साथीहरूको छलफल सुनेर मेरो मनमा अनेक कुरा खेल्न थाले र उकुसमुकुस हुन थाल्यो जाडो याममा पनि |


यो समाजले छोरी पाउने आमालाई गर्ने व्यवहारले गर्दा कैयौ छोरीहरू जन्म लिनु अगावै मर्ने गरेका छन् र जन्मिन सफल भएका छोरीहरू पनि व्यवहारको (दुर्व्यवहारको) तिखो बाँडले पटक पटक मर्ने गरेका छन् |


छोरी, जो विना यो संसारमा सृष्टि सम्भव छैन, उसलाई नै यो समाजले बोझको रुपमा लिदै आएको छ |यति मात्र कहाँ हो र , आफ्नै मातापिताले नै पराइको रूपमा लिँदै आएका छन् र पराइलाई गरिने व्यवहार  गर्दै आएका छन् | छोरी भनेको अर्काको घरमा जाने जात भनेर कति छोरीहरु शिक्षाबाट वञ्चित गराइएका छन् भने कैयौ मातापिताले पढाउँदा छोरालाई राम्रो विद्धालय खोजेर पढाउने र छोरीलाई सस्तो विद्धालय  खोजेर पढाउने गरिराखिएको हामीले सुनि र भोगिराखेकै कुरा हो | आमावुवाहरुले छोरा भनेर मरिहत्ते गरेको देख्दा उनिहरुलाई सोध्न मन लाग्छ कि हजुरहरू कसरी विश्वस्त हुनुहुन्छ कि आमावुवालाई छोराले नै  पाल्छ भनेर ? कतिपय उदाहरण छन् हाम्रो समाजमा छोराले आफ्नै मातापितालाई वृद्धाश्रममा छाडेका त कुनैले एकछिनमा आउँछु भनेर अनजान ठाउँमा अलपत्र छोडेको |


छोरीलाई गरिने खर्चको एक-एक रूपैयामा थुक निल्छन् मानिसहरू र छोरालाई खर्च गर्न कत्ति हिच्किचाउँदैनन् | त्यसको कारण सोधे भन्छन् कि छोरी कमाउने वेलामा पराइ घर जान्छे अरे | तर यो पनि  यादराखियोस् कि  छोरी त अर्काको घर गए पनि आफ्नै हुन्छे तर छोरा जव अंश लिएर घर छोडेर जान्छ तव सधैकालागि पराइ हुन्छ |



” अनि समिक्षा, तिमीलाई के लाग्छ, छोरीले गर्दा स्वर्गको ढोका खोलिदैन त?”

आफ्नो नाम सुनेर तर्कनाबाट व्युझिएँ र उसको प्रश्नको उत्तरस्वरूप भनेँ,” स्वर्गको चावि त आफै सँग हुन्छ | आफ्नै कर्मले चावि थमाउने हो | छोरालाई पनि सँगै लैजान मिल्दैन क्यारे | बरू मलाई त यस्तो लाग्छ कि ज-जसले देवि समान छोरीलाई हेलाहा गर्दछ, उसले आफ्नो लागि नर्कको ढोका अवश्य खोलेका हुन्छन् | “

Leave a Reply

Your email address will not be published. Required fields are marked *