भु.पु.

१६ पुष २०७७, बिहीबार २०:५२ १६ पुष २०७७, बिहीबार २०:५२ १६ पुष २०७७, बिहीबार २०:५२ #ex, #gajal, #गजल, #भु.पु.
breakup

 

सबै भुल गएँ म त पर भनी गयौ

चाहे बाँच चाहे तिमी मर भनी गयौ

मैले भनेँ तिमीप्रति माया मर्ने छैन

तर म त लि’न्न तिम्रो थर भनी गयौ

स्नेह, विश्वास् खै त आज कता गयो (?) सोधेँ

जाउ विउ अन्त कतै छर भनी गयौ

भनेँ कठोर् किन भयौ बाध्यताले हो कि

रोजेकी हुँ आफुले नै वर भनी गयौ

आँशु लिइ नछोड न हात जोड्छु भन्दा

अर्कैकी हुँ, तिमि उता सर भनी गयौ

होउ मेरो मर्छु नत्र तड्पिएर भनेँ

तिम्रै मर्जी जे मन् लाग्छ गर भनी गयौ

चार् बर्षको नाताको नाम् दिन बिन्ति गर्दा

आँखा तरी गएँ म त घर भनी गयौ

Leave a Reply