मायाको गहिराइ

२३ कार्तिक २०७७, आईतवार १४:१७ २३ कार्तिक २०७७, आईतवार १४:१७ २३ कार्तिक २०७७, आईतवार १४:१७ , ,
family love

म सोँच्ने गर्दथेँ कि यो संसारबाट माया लोप भइसकेछ । यो संसार यति स्वार्थी भइसक्यो कि मायाको अस्तित्व नै मेटियो र अस्तित्व छ भने पनि छ केवल क्षणिक । 

मेरो त्यो बेलाको धारणा म आफैलाई बेठिक लागेको छ आजकल । त्यो परिस्थितिले उब्जाएको एउटा सोँच मात्र थियो । हो, त्यो बेला म गलत थिएँ । माया खोज्न कहिँ टाढा जान नै पर्दैन रहेछ । 

आउनुहोस् आज हजुरलाई म मायाको संसारमा सयर गराउँछु । 

हजुरले आजसम्म तरकारीको नुन कम भएदेखि लुगा राम्रो नकिनेको सम्मको सिकाएत आमालाई गरिरहदा संसारको सबैभन्दा ठुलो पिडा, मेरो माने प्रसव पिडा, जुन जानी जानी नभए पनि हजुरको कारणले उहाले भोग्नु परेको थियो, लगाएतका कैयौं दुःखको एक पटक पनि चर्चा गरेको पाउनु भएन नि, हो, त्यो हो माया । 

तपाई जति नै ठुलो भएपनि जाडोमा jacket र बर्खामा raincoat सम्झाइकन हजुर ठिक अवस्थामा हुनुभएको चाहनुहुने बुवा/ आमालाई देखेर बुझ्नुहोस् कि हो, त्यो हो माया । 

खाना खान बोलाएको चाहे २० मिनट पछि नै किन नजानुहोस, जब खाना प्लेटमा नपाइ खाना सेलाउने डरले आमाले नपस्किनुभएको पाउनुहुन्छ नि , हो, त्यो हो माया । 

केहि मिठो कुरा, मानौ फल, बाँड्ने बेला आफ्नो मन मारेर बुवाले आमालाई र आफुलाई एक भाग राखी सिङ्गै भाग हजुरलाई दिनुहुन्छ नि, हो, त्यो हो माया । अनि आमाले,” हजुरले खाएर बाँकि मलाई दिनु” भन्दा, अरु दिन खाने बेला फलको ठुलो चाना काटेर खाने बाबाले अलि माथिबाट काटेर आमालाई बाकी दिनुहुन्छ नि, हो, त्यो हो माया ।

जब केहि नओढी निदाउनु भएको हजुर उठ्दा तातो सिरकमुनि आफूलाई पाउनुहुन्छ नि, बुझ्नुस कि हो , त्यो हो माया । 

हजुरको फोनमा Good Morning भनेर text नगरे पनि बिहान-बिहान बिस्तारामा bed tea आउछ नि, हो, त्यो हो साँचो माया । 

हजुरको प्रगति, चाहे जति नै सानो किन नहोस् , आफ्नो मनमा राख्न नसकेर गर्वका साथ मेरी छोरी/ मेरो छोराले यस्तो गरि/ गर्यो भन्ने शब्द जब सुन्नुहुन्छ नि, हो , त्यो हो माया । 

आफूले गरेको त्यत्रो ठुलो बलिदानको पर्बाह नगरी, खर्चको पर्बाह नगरी, हजुरले एउटा सानो रुमाल किनेर दिदा पनि ठूलो उपहार पाएको औधि खुशीमा देखिने मुस्कान जब उहाँको (बुवा/आमाको) मुहारमा देख्नुहुन्छ नि,हो, त्यो हो माया । 

जब तपाईले मलाई आज नरमाइलो लागेको छ भन्दा जति नै व्यस्त भए पनि ‘I am busy ‘ को tag नभिराइ तपाईको कुरा सुन्न तयार दिदी देख्नुहुन्छ नि, बुझ्नुहोस् कि त्यही हो माया । 

कुनै खुशीको खबर सुनाउन जब अरु सबैलाई छाडेर भाइले तपाईलाई रोज्छ नी, हो, त्यो हो माया । 

अरु बेलामा जति नै झगडा गरेपनि अप्ठेरो परिस्थितिमा तपाईको साथ नछोड्ने र तपाईको पक्ष लिने बहिनी देख्दा बुझ्नु कि, हो , त्यो हो माया । 

यस्ता उदाहरण अनगिन्ति छन् जसलाई कापीमा उतार्न लगभग असम्भब नै हुन सक्छ । 

माया प्रेम भनेको श्रिमान श्रिमति वा प्रेमी प्रेमिका बीच मात्र हुन्छ भन्ने मेरो भ्रम तब तोडियो जब मैले मायाको गहिराइमा पुगेर मायालाई बुझेँ । अब सोचेर भन्नुहोस् कि हजुरहरुको त्यो भ्रम कहिले तोडिएको थियो त ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *