याद

२८ कार्तिक २०७८, आईतवार १४:५२ २८ कार्तिक २०७८, आईतवार १४:५२ २८ कार्तिक २०७८, आईतवार १४:५२ , , ,
girl in restaurant

त्यही restaurant, त्यही table त्यही order ।  फरक यति थियो कि पहिले ‘कोहि’ हुने त्यो अगाडीको कुर्सी खाली थियो। फरक केवल त्यो कुर्सीको खाली वा भरी हुनमा मात्र थिएन । कुर्सीमा बसेको मेरो शरीर भित्रको यो मनको भारीपन, अडर गर्दा काँपिरहेको ओठ र सुकेको घाँटी, कसैलाई खोजिरहेको जस्तो लाग्ने रसाईरहेका आँखा ।  त्यसबेलाको mero अवस्थितिलाई शब्दमा वर्णन गर्न नै कठिन छ।

अर्डर लिएर waiter गएपछि निकैबेर menuलाई हेरिरहेॅ ।  नेपालीहरुले menu जति नियालेपनि lastमा अर्डर गर्ने भनेको momo नै हो भनिन्छ । मैलेपनि आज momo नै मगाएकी थिएँ ।  नेपाली भएको नाताले होइन, मेरो favourite भएर पनि होइन; आज आफ्नो choice को केहि पनि गर्न मन लागेको थिएन मलाई । मन मस्तिष्क सबैमा उसैले जो बास गरेको थियो । उसको favourite chicken fry म:म lai menuमा निकैबेर नियाले।

अचम्म लाग्छ केही कुराको महत्व त्यस वस्तु गुमाएपछि मात्र हुन्छ।  पहिले उसले आफ्नो भागको momo काँटाले घोपेर म तिर दिएर ‘Taste त गर’ भन्दा ‘नाइ’ को इसारामा टाउको हल्लाउँदै आफ्नो भागको chowmin देखाएर ‘मलाई यो भए पुग्छ’ भन्ने मलाई आज त्यो menuमा भएको momo को शब्द नै यति प्यारो लागेको थियो।  म त्यसलाई एक टकले यसरी नियालेकि थिएँ कि मेरो नजरलाई कोहिले देखि मलाई त्यो menu सँग प्रेम भएकोसम्म अन्दाज लगाउन मिल्दथ्यो ।

प्रेम।

गज्जबको शब्द छ यो पनि। आजकल म आफैंलाई प्रश्न गर्ने गर्दछु, के यो सब प्रेम थिएन त?  मैले आजकलको प्रेमिका जसरी ऊ सँग धेरै माग केही पनि राखेकी थिइन । म त बस उसको मुहार हेर्न पाए र आवाज सुन्न मात्र पाए पनि आफूलाई भाग्यमानी ठान्दै उसको गफमा नै कैयौं घण्टा व्यतित गर्दथेँ।  उसले पनि त मलाई कति care गर्दथ्यो। म बिरामी हुँदा सन्चो हुन्छ नआतिउ भन्दै सम्झाउथ्यो तर आफै जागा वस्थ्यो।  म रुदा सॅगै रुन्थ्यो र एकछिनमा ऑशु पुछ्दै मलाई हसाउन तम्सन्थ्यो। मैले केही गलत गरे सम्झाउथ्यो। मेरो मुड अफ भएर उसलाई थर्काए पनि चुपचाप सुन्थ्यो र आफ्नो ego side मा राखेर समस्या समाधान तिर ध्यान केन्द्रित गर्दथ्यो न कि झगडा गर्नमा। 

यस्तै थियो ऊ, म भन्दा अलि धेरै नै matured। एक मानिसको अर्को मानिस सँग तुलना त गर्न मिल्दैन तर सायदै उजस्तो साथी मैले जीवनमा जीवन साथीको रुपमा पाउन सक्छु होला । मेरो जीवनमा ऊ एक चिठ्ठाको रुपमा आएका थिए जुन मैले आफुले भर्ने चासो पनि नराख्दा नै परेको थियो ।

“Excuse me” Waiterले पानी लिएर आएका रहेछन् । हत्तपत्त मेनु आडमा राखेर ‘धन्यबाद’ भनेँ । पानी टेवलमा राखेर वेटर अर्को टेवलमा अडर गरिएको खाना दिन गए ।

भनिन्छ नि, कसैको वियोगमा भएको मानिसलाई सम्झाउन कोहि साथिले ‘लिउ पानी’ भन्दा उल्टै ‘उनले पनि पानी पिउथि’ भन्दै रुन्छन अरे । मलाई पनि आज किन-किन त्यस्तै भएको थियो । त्यो मनतातो पानीले मनमा उसको झझल्कोलाई तातो-तातो बनाएर पस्किरहेको थियो ।

‘उसको यादमा यसरी म डुब्दा ऊ चाहिं के गर्दै होलान् त?’ एक्कासी मनमा लग्यो र झट्ट हात खल्तीमा गए र मोबाइल निकाले । सधैँ गइराख्ने restaurant भएकाले नेट connect भएको रहेछ । हत्तपत्त messenger खोलेँ । उसको नाम देख्दा रसाएका आँखाबाट केहि सोच्न नभ्याउदै बरर आँशु खसेछन् । म सजग हुदै छिटो-छिटो मोबाइलको lock बन्द गरेँ र आँशु पुछेँ ।

अचम्म लाग्छ , यस्तो ठुलो restaurantको यो बिशाल भिडमा म केवल एक पुरुषको यादमा एक्लो महसुस गर्दै रोइरहेकी थिएँ ।

Waiterले momo लिएर आए । मैले मुस्कुराउदै ‘Thank You’ भनें । मैले Thank You खानाको लागि मात्र नभई यस कुराको लागि पनि भनेकी थिएँ कि ऊ अलि ढिलो आए । अलि अघि आएका भए म धेरै नै embarrassed हुने थिएँ होला ।

मैले प्लेट लाई अलि नजिक सारेर काँटाले momoलाई यसरी घोपेँ जसरी उसको यादले मेरो मनमा घोपेर बिझाउने गर्दछ । त्यसपछि त्यसलाई चटनीमा म जसरी उसको मायामा डुबेकी थिएँ त्यसरी डुवाएँ (आफुनै नचिनिने गरि) । त्यसपछि हल्का फुकेँ र त्यसबाट बाफ मेरा सपनासरी उडेको देखें जुन गहिरिएर महसुस गरे मात्र देखिन्थ्यो ।

यसरी नै एक-एक मोमोमा हाम्रो हरेक भेटलाई सम्झदै खाँदै गरेर प्लेट रित्ताऍ । आज मलाई किन-किन यो नियमसँग पनि रिस उठ्न थाल्यो कि एक प्लेटमा जम्मा दस वटा momo हुने गर्दछ ।

अन्तिममा एक पटक मनलाई दह्रो बनाएँ र मोबाइलको लक खोलेर हेरेँ । उसको नाममा click गर्दा अन्तिम message थियो “You are too childish yar. I am sorry. We are not made for each other.”

7 thoughts on “याद”

Leave a Reply

Your email address will not be published. Required fields are marked *