सपना: तिम्रो र मेरो

२५ चैत्र २०७६, मंगलवार १४:१८ २५ चैत्र २०७६, मंगलवार १४:१८ २५ चैत्र २०७६, मंगलवार १४:१८ , , ,
dream

उही हो निन्द्रा , तिम्रो र मेरो तर फरक सपना मा रह्यो । उही हो माया तिम्रो र मेरो तर फरक रह्यो
हाम्रो सोचमा र हाम्रो स्तरमा , सायद !

तिमि सपना देख्छौ हामी long drive मा गएको, मैले तिमीलाई समाएको र दुवै एक्लै एक्लै रमाएको ।

 सपना देख्छु एउटा बस यात्राको, जहाँ तिमि हुन्छौ, म हुन्छु, छेउ-छेउमा, मेरो मतलब सँग सँगै। तिमि गफ लडाउँछौ, जिस्काउँछौ ,म सुन्छु, लजाउँछु । हामी हराउछौँ एक अर्का मा । मलाई निन्द्रा लाग्ला, अनि तिम्रो काँधमा टाउको अड्डाउछु, तिमि मेरो टाउकोमा टाउको आडेश लगाउछौ र सायद एक अर्काको सपना साटिराखेका हुन्छौ हामी, त्यो पल ।

तिम्रो सपनामा हामी जान्छौ हामी एउटा महँगो रेस्टुरेन्टमा, तिमी विभिन्न परिकार मगाउछौ र आफ्नो खल्तीको शान बढाउछौ । म पनि रमाएकी हुन्छु सायद त्यो सपनामा र हामी गर्छौ केहि माया पिरतीको कुरा, खाना खाऊन्जेल ।

मेरो सपनामा हाम्रो गाडी जब रोकिन्छ, तब हामी केहि खाना मगाउँछौ, झ्यालबाट इशारा गरेर र खान्छौँ एकै ठाउमा राखेर, बाढिचुडी, माया साटेर । खानाको स्वादभन्दा हाम्रो आत्मियतामा मक्ख पर्छु म र सोच्छु तिमीलाई मेरै लागि जन्माएका हुन् इश्वरले ।

तिम्रो सपनामा हाम्रो खाना सकिन्छ र हामी एकैछिन टेबलमै बस्छौ । म तिमीलाई ‘चाँडै जना छ’ भनौला तिमि हुन्छ भन्दै पैसा तिरेर निस्कीउला । चुपचाप हामी घर  तर्फ जाउँला, तिमि मलाई घर नजिक छोडिदेउला हाम्रो अर्को भेट को समय निश्चित गरौला र म लगाउला आफ्नो घर तर्फ ।

मेरो सपनामा  हाम्रो खाना सकिएला, तिमि पानि मगाउला, बस पनि गुडीराखेको हुनेछ र हामी अघि बढीराखेका हुनेछौ । एउटा रमणीय ठाउँमा ओर्लिउँला हामी। हातमा हात लिएर हिडौँला । तिमि मेरो ख्याल गर्दै ‘भोक लागेछ?’ भनेर सोधौला, म तिम्रो खल्ती को ख्याल गर्दै ‘अघि भर्खर त खाको’ भनौँला । मलाई ढिलो होला भनेर आफ्नो साधन नभएकोमा चिन्ता मनौला, मैले नि आस्वासन दिउँला ।

एकै छिनमा बस आउला र हामी त्यसरी नै फर्किउँला , र छुट्टीउँला ‘फेरी कहिले भेट होला?’ को अन्योलमा र मलाई त्यही पर्खाइ प्यारो लाग्ला ।

बिउझिउँला बिहान दुवै उसरी नै आखा खोलेर र दुवै भनौँला ” कस्तो राम्रो सपना देखे आज” । तर हामी बिचको यो फरकले कहिलेकाही लाग्ने गर्छ, मलाई तिम्रो सपना सापटी लिन पनि मेरो औकातले भ्यौदैन होला । तर आशा छ कि हाम्रो मायामा यसले केहि फरक नपरोस ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *