चट्कन

१४ श्रावण २०७७, बुधबार ०३:११ १४ श्रावण २०७७, बुधबार ०३:११ १४ श्रावण २०७७, बुधबार ०३:११ , ,
slap

म निकै नै उत्साहित थिएँ आज किनकि आज म ‘उसलाई’ भेट्न जाँदै थिएँ ।

मलाई अझै याद छ त्यो कलेजका दिनहरु जब म उसलाई चिठी लेख्ने गर्दथेँ । तर ती मध्ये एउटा चिठी पनि उसले पाएनन् ; पाउन् पनि कसरी , सब चिठी मैले डाएरिमा न लेखेकी थिएँ । मेरो बिहान उसलाई सम्झेर सुरु हुने गर्दथ्यो, दिन उसको झल्को पाउनमा व्याकुल हुन्थ्यो र रात उसलाई मेरा सबै रमाइला कुरा चिठीको रुपमा डाएरिमा लेखेर कैद गर्दैमा जान्थ्यो । पुरै दिन समर्पित गरिएका उनि मेरो लागि अति नै special थिए । मेरा प्यारा ! हो , चिठीमा ‘मेरा प्यारा’ लेख्न हिम्मत जुटेपनि उसले मलाई आफ्नो साथीसम्म पनि सोच्छन् कि नाइ, त्यो मलाई थाहा थिएन । 

तर जसरि कलेज साकियो मैले उसँग भेट्ने आश मारेपनि मनबाट उसलाई मेट्न भने सकेकी थिइन । मेटु पनि कसरी ? उसको नाम शिशाकलमले लेखेकी नभइ मेरो मनमा कुदिएको जो थियो । जतिजति समय बित्दै गयो, उसको स्तर पनि पनि बढ्दै थियो । उसले कला क्षेत्रमा प्रगति गर्दै थियो । बिभिन्न ‘म्युजीक भिडियो’मा उसलाई देखेर एक मन त उसको प्रगतिमा खुशि हुने गर्दथ्यो भने अर्को मनले हामी बिचको दुरी बढ्नेमा निश्चित नै मानेको थियो, हिजोसम्म ।


हो, हिजो मैले एउटा जोक उसलाई झुक्किएर पठाएँ फेसबुकमा ( एउटा साथीलाई पठाउदा उसलाई पुगेछ) र हाम्रो बातचित सुरु भयो । फेसबुकमा साथी भएपनि आजसम्म बातचित भएको थिएन । ऊ त्यति बदलिएको रहेनछ । त्यति ठूलो कलाकार भइकन पनि मसँग सामान्य तरिकाले बोलिरहेका थिए र म मनमनै खुशि हुदै थिएँ ।


कुरै कुरामा उसले ‘भेट्न मिल्छ?’ भनि सोध्यो, आजको दिन । उसको free time छ अरे । मैले पनि हुन्छ भनिदिएँ , आखिर ऊ मेरो crush न थियो ।


बिहान उठेर आफुलाई राम्रो बनाउन तर्फ लागेँ । सबै कुरा extra गरिरहेकी थिएँ आज । नुहाउदा conditioner पनि ३ चोटी लगाएँ होला, ऐनामा आफूलाई चेक त कति गरेँ कति, खाना खान नारुचे पनि उसको अगाडि कमजोर हुन्छु कि भन्ने डरले पहिलेभन्दा बढी खाएँ, उसको लागि आफैलाई सजाएँ makeup गरेर, ५ थरिका लुगा फेरेपछि एउटा मेरो favorite लुगा लगाएँ, अरु दिन भन्दा छुट्टै जोगाएर राखेको इत्तर लगाएँ र उसलाई भेट्नको लागि निस्किएकी थिएँ घरबाट मनमनै भगवानसँग हिम्मत माग्दै कि मेरो मनमा भएको कुरा उसलाई बुझाउन सकुँ ।

जाम हुने सम्भावना भएकाले अलि अगाडि नै निस्किए म । बाटोमा सबैले मलाई नै हेरेजस्तो भान भयो । मनमनै धेरै सिगारिएर उसलाई नराम्री नलागुँ म भन्ने प्रार्थना गर्दै पुगेँ हामीले तय गरेको ठाउँ, लाजिम्पाटमा अवस्थित ‘Café Lava’ मा ।


निकै  शान्त र रमणिय वातावरण भएको क्याफे रहेछ त्यो । त्यहाको सजावटले मेरो मन एकछिनमै रोमान्टिक बनाइदियो । त्यो रेस्टुरेन्ट रोजेकोमा उसलाई मनमनै धन्यवाद दिदै एउटा table रोजेर बसेँ ।


लगभग १ घण्टापछि ऊ आयो र आउनेवित्तिकै ढिलो आएकोमा माफि माग्यो । एकछिन अघिसम्म उठेको रिस उसलाई देख्ने वित्तिकै मर्यो । फोटोभन्दा अझ राम्रो देखिने उसको मुहार, चट्ट मिलेको जिउडाल, म भन्दा अलिक ठुलो हाइट र उसको ड्रेसअप नियाल्दा नियाल्दै म त टोलाउन पो पुगेछु । उसले ‘के भयो ?’ भन्दा झस्किएँ र मलाई लाजले छोप्न थाल्यो ।

Tableमा बसेपछि वातचित हुन थाले जसमा ऊ खासै restaurant हरुमा नजाने कुरा स्विकार गरे  । हामी कुराकानी गर्दा गर्दै आडको टेबलका मानिसहरु हामीलाई औलाले देखाएर के-के भनिरहेका थिए र लुकि-लुकि तस्विर खिचिरहेका थिए जुन मलाई मन परिरहेको थिएन । ऊ restaurantमा नजानुको कारण बुझेजस्तो लाग्यो मलाई त्यो बेला ।

सामान्य कुरा हुदा-हुदै ऊ अगाडिको सिट छाडेर मेरो आडैमा आएर बसे । म अकमकाएँ तर केहि बोलिन । ऊ अकस्मात मेरो कपाल चलाउन लाग्यो । मैले अघिसम्म याद नगरेको कुरा अहिले notice गरिरहेकी थिएँ । ऊ आफ्नो होसमा थिएन । लगभग restaurantका सबै मानिसहरु हाम्रा दर्शक बनिरहेका थिए । यति धेरै मानिसको अगाडि उसले मेरो कपाल चलाएको मलाई मन परिरहेको थिएन । ऊ कुनै पदार्थको प्रभावमा परेर यो गरिरहेका हुन् जस्तो मलाई लाग्यो । मैले केहि भन्न वा गर्न नपाउदै उसले बिस्तारै मेरो गर्धनमा हात लगे र मलाई अचानक तानेर ओठमा चुम्बन गरे । त्यहा ताली र सिठ्ठी यसरी बज्नथाले कि मानौ एक हिरोइनलाई हिरोले चुमेको होस् ।

मलाई कुनै हिरोइन बन्ने रहर थिएन न कि यसरी publicity पाउने रहर थियो । म त बस् एउटा crushलाई मनको कुरा सुनाउने आशाले आजको भेटको लागि ‘हस्’ भनेकी थिएँ ।

तर अब न त ऊ मेरो crush थिए न अब मेरो मस्तिस्कमा साथिको रुपमा सम्म पनि रहनेछन् । रहन्छन त केवल एक नराम्रो सपनाको रुपमा जुन चट्कनमा गएर सकिन्छ । त्यो चट्कन जुन उसले मेरो feelings र respect लाई हानेका थिए र मैले बस् उसको गालालाई, सायद ‘बस्’ उसको गालालाई ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *