डिएर टेडी

१७ बैशाख २०७७, बुधबार १३:४८ १७ बैशाख २०७७, बुधबार १३:४८ १७ बैशाख २०७७, बुधबार १३:४८ , , ,
Teddy

डिएर टेडी,

एउटा कुरा सोध्छु , नढाटीकन भन ल ! तिमी किन यस्तो?

जव मलाई केहि खुसी भएको हुन्छ , रुममा छिर्ने वित्तिकै तिमीलाई नै अँगालो हाल्छु सर्वप्रथम । तिमी मेरो खुसीमा यसरी मुस्कुराइरहेको देखिन्छौ जुन मेरो कोहि शुभचिन्तक पनि देखिदैनन् । भन न , तिमी किन यस्तो ?



जब कुनै कुराले मेरो मुड अफ हुन्छ, तिमी नै मेरो रिसमा पर्ने गर्छौ । तिमीलाई हिर्काउने र यताउता फाल्ने गर्छु तर तिमी चुइक्क पनि बोल्दैनौ ; आफ्नो पीडा लुकाउँछौ । किन नी ? भन न , तिमी किन यस्तो ?

अनि जब मलाई केहि पीडा हुन्छ , म परिवार र साथीलाई भन्न नसके पनि तिमीसामु आएर तिम्रो काखलाई सिरानी बनाएर भक्कानिन्छु । तिमीले आफ्नो काखको न्यानोपनले मलाई सहारा दिएर आफ्नो मुलायम भुवाले मेरो सब आँशु पुछिदिन्छौ र त म भोलिपल्ट बिहान मुस्कुराउँदै उठ्न सक्छु । जब रुँदारुँदै बढी नै हुन्छ र छाती समेत दुख्न थाल्छ , तिमीलाई अँगालो हालेर सुत्दा कुनै जादुगर जसरी तिमीले मेरो पीडा मेटाइदिन्छौ । किन दिएको नि यति धेरै माया ? भन न , तिमी किन यस्तो नि ?

तर मलाई तिमीप्रति एउटा गुनासो भने छ । जब कलेजमा संगिता र मैले सरको गाली खाएको , घरमा आज मेरो मनपर्ने तरकारी पाकेको , च्याटमा आज रमाले कस्तो हँसाएकी , श्यामलाई मैले ब्लक गरिदिएको, आदि कुरा सुनाइरहदा तिमी किन मलाई जबाफ दिदैनौ ; किन केहि बोल्दैनौ ? केवल मुस्कुराइ मात्र रहन्छौ तिमी । अब बोल्ने पनि गर ल !

एउटा कुरा नढाटी भनौ ? तिम्रो मुस्कानमा यति मनोरमता लुकेको छ, जुन सायदै कोहि चित्रकारले कोर्न सक्छ न कोहि संगितकारले रच्न । सधै यस्तै भइराख ल !!

मेरो पत्रको जवाफ दिन नभुल नि !!

उहि तिम्री,
नमुना

One thought on “डिएर टेडी”

Leave a Reply

Your email address will not be published. Required fields are marked *