निष्ठुरी

१८ श्रावण २०७७, आईतवार १९:२४ १८ श्रावण २०७७, आईतवार १९:२४ १८ श्रावण २०७७, आईतवार १९:२४ , , ,
break up

एकदिन् आई तिम्लाई माया गर्छु भनेर गई
तिमी नपाए जिउदै म त मर्छु भनेर गई



जिन्दगीको बाटो सँगै हिडन राजी भए पछि
अब म त डेरा अन्तै सर्छु भनेर गई


तिम्ले माया गरेपनि पराइ हुन लागेँ म त
प्रेम् को बिउ त्यता पनि छर्छु भनेर गई


तिमी बिना रित्तो गाग्री भइरहेछु भनेँ मैले
तर म त गाग्री अन्तै भर्छु भनेर गई


आँखा भरि आँशु देखि पुछ्न खोजेँ मैले उनको
भैगो यो भेल् म त एक्लै तर्छु भनेर गई

सबै मेरो मर्जिबिना भएका हुन हात जोड्छु
केही नबोल्नु बद्नाम् मा पर्छु भनेर गई

Leave a Reply

Your email address will not be published. Required fields are marked *