पतिब्रता

१२ चैत्र २०७६, बुधबार १४:०२ १२ चैत्र २०७६, बुधबार १४:०२ १२ चैत्र २०७६, बुधबार १४:०२ , , ,
abuse

“ओइ सिता, के भयो तलाईँ हँ?”

सिता आज मेरो घर आउने बखतमा नै मेरो मुखबाट अकस्मात निस्कियो । कारण थियो, उसको त्यो हालत ।अनुहारमा कुटाइको दाग स्पष्ट देखिएको थियो। हुन त उसलाई त्यस्तो रुपमा मैले नदेखेकी होइन तर  पनि आफ्नी मिल्ने साथीलाई त्यस्तो रुपमा देख्दा को नै पो अतालिदैन होला र?

मैले अरु केहि भन्न नै पाएकी थिइन, ऊ त रुन पो थालि । जसोतसो समाएर आफ्नो कोठामा लागें। उसको रुवाई अलि शान्त भएपछि सोधेँ, “भन् न के भो?के फेरी त्यही राक्षसले……..!” यति मात्र के भनेकी  थिएँ, उसले सहमतिमा टाउको हल्लाउदै फेरी भक्कानीइ ।

मलाई त झोक चल्यो र रिसाउदै खल्तीबाट मोबाइल निकालेकी के थिएँ, उसले मेरो उदेश्य चाल पाइछ क्यारे, मोबाइल खोसिदीइ ।

“त्यो दे त मलाई, आज त म रिपोट नगरी छाड्दिन । सहनुको पनि हद हुन्छ नि, कतिन्जेल सहन्छेस् । कि तँ म सँग आइ’ज । रिपोर्ट त आज गर्नै पर्छ ।”

यति भनेर उसलाई पाखुरामा समाएकी मात्र थिए, ऊ मेरो हात हटाएर आफ्नो आडमा मलाई बसाएर भन्न थाली, “ त्यति  सजिलो कहाँ हुन्छ र समिक्षा ! मेरो बिहे भएको हो उहाँ सँग। जेजस्तो भए पनि मेरो  पति हो उहाँ र  आफ्नो पतिलाई  म जेल कसरी पठाउन सक्छु ? मलाई यो समाजले  के भन्छ ? अनि फेरी मेरो घर पनि त त्यहि हो।म त्यही  घरमा बस्नु छ जीवनभर ।उनलाई रिपोर्ट गरेर म कुन  मुख देखाएर त्यहाँ बस्नु ! अस्ति तैले भनेको भएर  घरमा फोन गरेकी । आमालाई भन्न सके जति कुरा भनेँ । उहाले सिधा  सिधा त भन्नु भएन तर मैले  यति कुरा भने  बुझेँ कि आमा बुवाको घर छोडेपछि त्यो घर  घर नहुदो रहेछ । समाजको डर छ सबैलाई र सायद मलाई  पनि; तर जे होस् मलाई त्यही समाजले सिकाएको बाटो हिड्न छ। भो, तैले जे सुकै भन् , मेरो  बरु त्यही घरमा ज्यान किन नजावस् मैले उनलाई अफ्ठ्यारोमा पार्ने कुरा सोच्न पनि सक्दिन ।”

“को पति हँ? जो तलाई रातदिन अनेक लान्छना लगाउछ र अनेक बहानामा रक्सि खाई खाई पिट्छ , त्यो तेरो पति हो ? तँ कसरि बाचेकी छेस् , त्यस्तो आरोप लगाउदा के भएको हुदो हो तलाईँ भन्ने कहिल्यै बुझ्न खोजेको छ ?  तलाईँ कुट्दा केहि सोचेको छ र त्यसले र त्यसलाई अफ्ठ्यारो हुने चिन्ता लिदै छेस् हँ ?”

“त्यस्लाई पति भन्न भन्दा तँ बरु मलाई पति भन्, कमसेकम तँ मसँग मनको कुरा ‘सेअर’ गर्न त गर्न सक्छेस्। मैले तेरो मनलाई शान्त पारेँ पारिन त्यो आफ्नो ठाउँमा छ तर तँ आफै विचार गर् न, बिबाह पछि आफ्नो ‘पति’ सँग यत्तिको कहिल्यै बोलेकी छेस् ?”

“अनि कुन समाजको कुरा गर्छेस् हँ तँ? त्यो समाज जुन तेरो यो अवस्थाको केवल मुकदर्शक भएर बसेको छ र केहि हदसम्म खिल्ली पनि उडाएको छ?”

“यस्तो समाजले सिकाएको बाटो हिड्छेस् हँ तँ? के सिकाएको छ यो समाजले आजसम्म ?यही कि जुन पतिले तिमीलाई  रति लात्तीले हिर्काएर सुत्छ, त्यही पतिको त्यही खुट्टाको जल बिहान नखाएसम्म केहि पनि खान हुदैन महिलाले। जुन पतिले रातदिन पलपलमा मारिरहेको छ, त्यहि पतिको लामो  आयुको ब्रत बसेर अहोरात्र पुजा गर्न सिकाएको  समाजको कुरा मान्छेस् हँ तँ ? महिलालाई पतिको पुजा गर्न सिकाएको समाजले खै त पुरुषलाई केहि सिकाएको ? अझ दिनरात पतिको मंगलसुत्र र चुरामा बाधिएर पतिको नामको पुजा गरेर बसेकी महिलादेखि जब  पुरुष वाक्क हुन्छन्, उमाथि सौता ल्याउदा केहि नभन्ने समाजले अपराध सहन नसकेर छुट्टिन  खोजेकी महिलालाई  नराम्रो नजरले हेर्ने गर्छ । त्यस्तो समाजले सिकाएको बाटो बाटो होइन,  हामी महिलाको लागि  एउटा ठुलो खाडल  हो ।”

म यस्तो भन्दा भन्दै माथि नजर उठाएर हेर्छु त देख्छु कि ऊ मौन छे, मुख मात्र होइन उसको मुहार पनि मौन छ ।मेरो कुराले उसलाई केहि असर गरेजस्तो मैले देखिन । सायद पतिब्रता महिलामा हुन पर्ने गुण होला त्यो कि  आफ्नो पति बिरुद्दको कुरामा सहमति नजनाइयोस् तर म सोच्छु र सहि व्यक्ति पाए  सोध्छु पनि कि पतिलाई  आफ्नो सबै कुरा मान्न सिकाउने समाजले खै किन पुरुषलाई महिलालाई इज्जत सम्म पनि गर्न सिकाएन? यदी त्यति सम्म सिकाएको भए पनि कुनै घरमा महिला यसरी मरी मरी बच्न पर्ने थिएन होला !!!!!!!

Leave a Reply

Your email address will not be published. Required fields are marked *