सायद म तिमीलाई माया गर्दिन

२० भाद्र २०७७, शनिबार १७:४५ २० भाद्र २०७७, शनिबार १७:४५ २० भाद्र २०७७, शनिबार १७:४५ ,
red heart in envelope

सुन न, आज एउटा अनौठो आभास भयो मलाई । म सोच्ने गर्दथेँ कि म तिमीलाई माया गर्दछु तर ………


तिमीसँग नाम मिल्ने सबै अलि बिशेष मान्छे हुन् जस्तो लाग्ने गर्दछ मलाई यो संसारमा । तिम्रो नाम मात्र त के, तिम्रो थर मिल्ने जो कोहि पनि आफ्ना लाग्ने गर्दा, सायद म तिमीलाई होइन, तिम्रो नाम थरलाई माया गर्छु ।


तिमी खुशी हुँदा खुशी हुने, दुःखि हुँदा दुःखि र तिम्रो मुड ठिक नहुदा आफ्नो ठिक भएको मुड पनि ठिक छैन भनेर मान्ने म, सायद तिमीलाई होइन, तिम्रो मुडलाई माया गर्छु ।


तिमीलाई प्रार्थनामा पहिलो स्थान दिएर आफ्नो लागि केहि माग्न अघि तिम्रो खुशी माग्ने म, सायद तिमीलाई होइन तिम्रो खुशीलाई माया गर्छु ।


तिमीले परिवारको बारे खासै कुरा नखोले पनि कुनै सदस्यको नाम झुक्किएर लिँदा समेत आफ्नै परिवारको सदस्य जस्तो लाग्दा महसुस भयो कि , सायद म तिमीलाई होइन, तिम्रो घरलाई माया गर्छु ।


तिमि सँगै हुँदा मात्तिने र केहि समयको लागि नै किन नहोस्, तिमि हराउदा सोच्न हुने-नहुने सबै कुरा सोचेर चिन्तित हुने र आत्तिने म, सायद तिमीलाई होइन, तिम्रो महसुसलाई माया गर्छु ।


तिमीले गरेका ती मिठा-मिठा कुरालाई मनमा गुनेर हर क्षण तिम्रो बारे कल्पदा तिम्रा ती गफहरु दिमागमा rewind र play गर्दै मुसुमुसु हाँस्ने म, सायद तिमीलाई होइन, तिम्रा गफलाई माया गर्छु ।


तिमीले गाएका गीत त गीत भइहाले, तिमी सामान्य तरिकाले बोल्दा पनि सुमधुर लाग्ने र आँखा बन्द गरि तिमीलाई सुन्ने केटी म, सायद तिमीलाई होइन, तिम्रो स्वरलाई माया गर्छु ।


हाम्रो कुरा २४ घण्टा नै त हुँदैन तर तिमि र म बोलेको बेला आसपासमा के भइरहेको छ पनि वास्ता नगरी तिमीमा हराउने र हामी बोलेको क्षणलाई त्यो दिनको सबैभन्दा special क्षण हो भनि मनमनै घोषणा गर्ने केटी म, सायद तिमीलाई होइन, त्यो specialty लाई माया गर्छु ।

red rose


तिमीले कल गर्छु है अब भन्दा earphone हतारिदै खोज्ने र मोबाइलमा जुन notification आएता पनि तिम्रो नै message हो जस्तो लाग्दा, सायद म तिमीलाई होइन, तिम्रो call र messageलाई माया गर्छु ।


राती निदाउने बेलासम्म तिम्रो बारे कल्पने त छदै छ , निन्द्रा खुल्ने बित्तिकै अर्धचेत अवस्थामा समेत तिम्रै याद आउदा, यो माया हो जस्तो त लाग्ला तर सायद म तिमीलाई होइन, तिम्रो यादलाई माया गर्छु ।


तिमि offline भएदेखि online आउने बेलासम्म हजारौँ चोटि तिम्रो profileको ‘last seen’ चेक गर्ने केटी म, सायद तिमीलाई होइन, ‘Active Now’ को Tag लाई माया गर्दछु ।

तिमीले ऐया भन्दा चस्स बिझेझैँ हुने र तिमी हाँसेको सुनेर नै खुशी हुँदै हाँस्ने केटी म, सायद तिमीलाई होइन, तिम्रो अनुभुतिलाई माया गर्छु ।


तिमीले केहि मेरो लागि राम्रो शब्द भन्दा वा compliment दिदा बिशेष feel गर्ने तर मनमा भएको कुरा मनमा नै राखेर धन्यवाद मात्र दिई टार्ने म, उपयुक्त समय पर्खदा पर्खदै आज यस्तो दिन पनि आयो कि मलाई मेरो माया प्रति नै शंका जाग्न थाल्यो ।

मन टुट्ने डरले तिमीलाई मनको कुरा व्यक्त नगरेकी म, सायद तिमीलाई भन्दा बढी मेरो मनलाई माया गर्छु ।

अरु भएका भए तिमीलाई उसको भएको देख्ने प्रार्थना गर्दथे होलान् तर मेरो मनले यो भन्छ कि चाहे तिमी मेरो होउ नहोउ, मलाई सबै खुशी र सुख तिम्रो भएको हेर्न मन छ । यदी यो चाहनु माया हो भने सायद म, मायाको अर्थ सिकाउने तिमीलाई भित्रि हृदय देखि नै माया गर्छु । म अर्कैको र तिम्रो अरु कोहि भए पनि सदा सदाको लागि माया गरिरहन्छु यो कुरा मनमनै मान्दै कि सायद म तिमीलाई माया गर्दिन ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *